काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईं समूहले आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन गर्ने भएका छन्। समूहले आज कलंकी चोक, रत्नपार्क र बालाजु बिजी मलमा प्रदर्शन गर्ने भएका हुन्।
सबै स्थानमा बिहान ११ बजे प्रदर्शन गर्ने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले जानकारी दिएको छ। यसअघि उक्त महाअभियानले आज भक्तपुरको दरबारक्षेत्रमा कार्यक्रम गर्ने बताएको थियो । उक्त कार्यक्रम भने स्थगित भएको बताइएको छ।
शुक्रबार जिल्लाहरुबाट ल्याइएका लघुवित्त पीडितहरुको मात्रै सहभागितामा कार्यक्रम गरिएको थियो। आइतबार भने भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम नै स्थगित गरिएको छ । अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ।


