धनगढी। कैलालीका विभिन्न पसलमा प्रहरीले छापा हानेको छ। शनिबार कैलालीका विभिन्न पसलहरुबाट प्रहरीले छापा हान्दा ६ लाख ४१ हजारभन्दा बढी मुल्यका अवैध सामान जफत गरेको जनाएको छ।
कैलालीको गौरीगंगा नगरपालिका-८ बढैपुर स्थित डिल्लीराम आचार्यले सञ्चालन गरेको म्याक्स जनरल स्टोर र गोबिन्द शर्माले सञ्चालन गरेको बेरोजगार किराना पसलबाट अबैध सामान जफत गरिएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोषाकको प्रहरी टोली खटिएको थियो।
बिना बिलका अबैध सामान प्रहरी नायव निरीक्षकको कमाण्डमा र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको १२ जनाको संयुक्त प्रहरी टोलीले बरामद गरेको छ।म्याक्स जनरल स्टोरबाट करिब ६ लाख ४१ हजार ९ सय २० मूल्य बराबरका र बेरोजगार किराना पसलबाट करिब ४१ हजार २ सय मुल्य बराबरका अबैध सामान शनिबार दिउँसो बरामद गरिएको हो। अबैध सामानसहित म्याक्स जनरल स्टोरका संचालक डिल्लिराम आचार्यलाई समेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मालाखेती पठाईएको छ।
प्रहरीले म्याक्स जनरल स्टोरबाट १९ क्वीन्टल अबैध चिनी, आन्टी ६८८ प्याकेट, सुर्ती १५६ प्याकेट, गुट्खा ४३० प्याकेट, पवन सुर्ती ६ सय प्याकेट, बिडी १२ सय बण्डल, स्याम्पु १८ पेटी, पानी पुरी २ पेटी ९४८ पोका०, बेरोजगार किराना पसलबाट दुई क्वीन्टल अबैध चिनी, बिडी १५० बण्डल र विभिन्न ब्राण्डका सुर्ती ११४ प्याकेट प्रहरीले नियन्त्रणमा लिएको छ।