धनगढी : नेकपा एमालेले आगामी मंसिर १४ गतेदेखी शुरु गर्न लागेको झुलाघाट चिवाभन्ज्याङ संकल्पका लागी सम्बृद्धी यात्राको तयारीमा जुट्न खेलकुद महासंघले माथहतका निकायलाई सर्कुलर जारी गरेको छ । नेकपा एमालेका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी सर्मा ओलीले बैतडीको झुलाघाटबाट उद्घाटन गर्ने यात्राको तयारीमा लाग्न खेलकुद महासंघ सुदुरपश्चिम प्रदेशले सर्कुलर जारी गरेको हो । शुक्रबार खेलकुद महासंघ सुदुरपश्चिम प्रदेश कमिटिका अध्यक्ष प्रकाश कुमार चन्दको अध्यक्षता तथा केन्द्रिय सचिव तथा प्रदेश ईन्चार्ज बिष्णु चन्दको प्रमुख आतिथ्यतामा बसेको बैठकले माथहतका निकायलाई तयारीमा लाग्न निर्देशन गरेको हो ।
महासंघ प्रदेश कमिटि बैठकले एमालेले चलाएको अभियान अन्तर्गत पार्टी अध्यक्ष ओलीले मंसिर १४ गते झुलाघाटमा उद्घाटन गरी पुस ५ गते चिवाभन्ज्याङमा समापन हुने पुस्पलाल मध्यपहाडी लोकमार्ग सम्बृद्धीका लागी संकल्प यात्रालाई सभ्य र भब्य तरिकाले सम्पन्न गर्न महासंघ तयार रहेको जनाएको छ । महासंघले बैतडी, डडेल्धुरा, डोटी र अछाममा महासंघका तर्फबाट स्वागत गेट, ब्यानर र झण्डा सहित पार्टी अध्यक्षको शुरक्षाका लागी प्रत्येक जिल्लाबाट ३० जना स्वयमसेवक परिचालन गर्न निर्देशन गरेको छ ।
अभियानमा दार्चुला जिल्लाका पदाधिकारी तथा सदस्यहरुले मंसिर १४ गते बैतडीको आमसभामा, बझाङ, कैलाली र कञ्चनपुरबाट १५ गते डडेल्धुराको सभा, डोटीबाट १६ गते डोटीको सभा र बाजुराबाट १६ गते अछामको सभामा सहभागी हुन निर्देशन गरिएको छ । यि सभामा सहभागी भई पार्टीले चलाएको अभियानलाई सभ्य, भब्य र ब्यवस्थित पार्न प्रदेश कमिटिले निर्देशन गरेको छ । साथै सबै जिल्लाबाट खटिएको स्वयमसेवकहरुको नामावली २०८० मंसिर १० गतेभित्र नेपाल खेलकुद महासंघ सुदुरपश्चिम प्रदेश कमिटिमा पेश गर्न निर्देशन गरिएको छ ।