धनगढी। नेकपा(एकीकृत समाजवादी पार्टी ) निकट अनेरास्वयू कैलाली जिल्ला कमिटीको एक टोली जाजरकोट र रुकुम पश्चिम प्रस्थान गरेको छ। भुकम्प प्रभावित क्षेत्रमा अस्थायी संरचना निर्माणमा श्रमदान गर्न विद्यार्थिहरुको स्वय्म सेवक टोली पठाइएको हो।
शुक्रबार प्रदेश पार्टी कार्यालयबाट पार्टीका पोलीट व्युरो सदस्य परमानन्द भट्ट र केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्र्चाज दीर्घ सोडारीले उक्त टोली लाई टिका लगाएर विदाई गरेका थिए।सो टोली पिडितहरुका अस्थायी टहरा निर्माण लगाएतका स्वयमसेवकको रुपमा कामहरु गर्ने अनेरास्ववियु कैलालीका अध्यक्ष रमेश बोहराले जानकारी दिए ।
बोहराका अनुसार कैलालीबाट ६ जना र कञ्चपुर बाट ४ जना गरी १० जनाको टोली पठाईएको छ। उनीहरुले प्रभावित क्षेत्रमा एक हप्ता काम गर्ने छन्। अनेरास्ववियूको केन्द्रीय निर्णय अनुसार ७७ वटै जिल्ला कमिटिहरु ले टोली सो क्षेत्रमा पठाएको छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भुकम्पले रुकुम पश्चिम र जाजरकोटको ठुलो मानविय र भौतिक क्षती पुराएको थियो।