धनगढी। धनगढी उपमहानगरपालीका ४ बषपार्कमा बाजुरा होटल सञ्चालनमा आएको छ। आज बुधबार देखी धनगढी ४ बषपार्क पछाडी गोल मार्केट नजिक बाजुरा होटल सञ्चालनमा आएको हो । होटलको एक कार्यक्रमका बिच होटल व्यवसाय संघ कैलालीका अध्यक्ष केशब पाण्डेयले उद्घाटन गरेका हुन्।
अध्यक्ष पाण्डेयले रिवन काटेर होटलको उद्घाटन गर्दै बाजुरा होटल परिवारलाई ब्यवसायीक सफलताको शुभकामना ब्यक्त गरेका छन्। होटल सञ्चालनले आर्थिक कृयाकलाप बढाउनुका साथै युवाहरुलाई ब्यवसायीक क्षेत्रमा लाग्ने प्रेरणा मिल्ने बताए। यस्तै होटल सञ्चालक लीला जोशीले उपभोक्ताको चाहाना र मागलाई मध्येनजर राख्दै बाजुरा होटल सञ्चालनमा ल्याइएको जानकारी दिए। झण्डै २ करोड ३५ लाखको लगानीमा सञ्चालनमा ल्याइएको होटलमा स्पेसल भेज, नन भेज खाना, अर्गानिक खानेकुरामा कोदो, फाँपर, मकैको परिकार, लोकल कुखुराको सुप लगायत बाजुराका स्थानिय उत्पादनका परिकारहरु खुवाउने व्यवस्था मिलाएको होटल सञ्चालक जोशीले बताए। बाजुरामा पाइने कोदोको ढिडो ,फाँपर,लेकाली भेगमा पाएने टिमुर,पनि उपलब्ध रहेको जानकारी दिए। बाजुरा बुढीगंगा नगरपालिका घर भएका बाजुरा होटल सञ्चालक जोशीले आफूले पहिला पनि होटल व्यवसाय गदै आएकाले आफूलाई यो काम गर्न सजिलो भएको बताए। यस्तै होटलमा बस्नको लागी उचित ब्यवस्था गरिएको र चिसो गर्मी मौसममा बस्ने ब्यवस्थासहित अटेज कोठाहरु रहेको जानकारी दिए। उक्त होटलमा तिन जना कर्मचारी रहेको होटल सञ्चालक जोसीले बताए। अहिलेकोे समयमा हरेक युवाहरु दिनानुदिन बिदेश पालाएन भइराखेको अवस्थामा आफैले केही गर्ने उदेश्य रहेको बताए।