धनगढी। गौरीगंगा नगरपालिकाका व्यावसायीहरुले नवजीवन अस्पताल प्रा.लि.धनगढीमा उपचार गराउदा सहुलियत पाउने भएका छन्। गौरीगंगा उद्योग वाणिज्य संघ र अस्पताल बिच बिरामीले उपचार सेवा लिदा ओपीडी, शल्यक्रिया,बेड ल्याब, एक्सरे र आई.सि.यु. एन.आई.सि.यु.मा सहुलियतपूर्ण १० देखि ५० प्रतिशत छुट पाउने सहमति भएको छ।
सहमति पत्रमा नवजीवन अस्पताल प्रा.लि.का तर्फबाट सि.ई.ओ. चक्र खडायत, मेडिकल निर्देशक डा.विदुरमणी ढकाल र गौरीगंगा उद्योग वाणिज्य संघको तर्फबार अध्यक्ष खेमानन्द पौडेलले हस्ताक्षर गरेका छन्। नगर उद्योग वाणिज्य संघमा आवद्ध व्यावसायीहरुले संघको प्रमाण पत्र पेश गरेर उपचारको क्रममा छुट सुविधा पाउनेछन्।