धनगढी : सुदुरपश्चिम प्रदेशमै पहिलो कारको सर्बिस डिटेलिङ सर्विस शुरु भएको छ । धनगढी उपमहानगरपालिका ४ चटकपुर स्थित कलवारी वाइक हस्पिटलमा कारको सर्बिस डिटेलिङ सर्विस शुरु भएको हो । यसभित्र कार पुर्ण रुपमा सफा गरिनुका साथै कारको पेन्ट परिवर्तन समेत गरिन्छ । गाडी चम्काइने, पुरानो गाडीलाई नयाँ जस्तै बनाइने, हेडलाइटको पहेँलोपन हटाइनुका साथै ग्लासको पहेलोपन समेत हटाउने गरिएको कलवारी वाइक हस्पिटलका सञ्चालक राम किसोर चौधरीले बताए ।
कारको सिसामा धुरो, धुँवा भरिएर बिस्तारै निकै कम भिजिबिलिटी हुन्छ यसले दुर्घटनाको जोखिम निकै बढी हुन्छ चौधरीले भने “डिटेलिङ सर्विस पछि कारको ८० प्रतिशत भिजिबिलिटी बढ्छ, यसले भारी बर्षाका बेला समेत गाडी चलाउन सहज हुने गर्दछ यसका बिषेसता धेरै छन्, ति मध्ये सबैलाई काम लाग्ने बिषेसता यो हो ।” डिटेलिङ सर्विसले गाडीको कलर जानबाट जोगिने चौधरीले बताए । यस्तै घाम, पानी, धुलो धुवाँबाट समेत कार जोगिने उनको भनाई छ । स्टिकर तथा चुइगम लागेमा गाडीबाट अन्य सर्बिसले ननिस्किने हुन्छ तर डिटेलिङ सर्विसले सबै निकाल्छ उनले भने “यसले यति मात्रै नभएर गाडीमा साइनिङ दिनुका साथै गाडीमा निखारपनपनि ल्याउँछ त्यस कारण पछिल्लो समय कार मालिकहरुको रोजाई डिटेलिङ सर्विस परेको छ ।”
यो सर्बिस कारमा मात्रै नभएर मोटरसाइकलमा पनि लागु हुने चौधरीले बताए । कलवारी वाइक हस्पिटलले स्पिड फोर्सको फा्रइन्चेज साखाका रुपमा हस्पिटल सञ्चालनमा ल्याएको थियो । अन्य सर्बिस सेन्टरमा सामान्य किसिमको चेकजाँच र सर्बिस हुने भएपनि यस वाइक हस्पिटलमा आधुनिक मेशिनबाट सर्बिस गरिने छ ।