कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भिमदत्त नगरपालीका वडा नं ४ बसपार्क र ५ बनगाउँबाट ३ लाख ३२ हजारका अवैध सामान बरामद गरेको हो।
भन्सार छली गरी ल्याई लुकाई छिपाई राखिएकाको चिनि, चामल, पठा, बिभिन्न किसिमका कपडा लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले बरामद गरिएका सामान आज मङ्गलबार भन्सार कार्यालय गड्डाचौकी पठाईएको जानकारी दिएका छन् ।