बैतडी। बैतडीमा सवारी अंगभंग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। सवारी अंगभंग मुद्दामा सजाय तोकिइ फरार रहेका बैतडी दोगडाकेदार गाउँपालिका-५ का २४ बर्षीय मुकेश चन्दलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
जिल्ला अदालत बैतडीले गत जेठ १८ गते सवारी मुद्दामा उनीमाथि तीन बर्षको कैद सजाय हुने फैसला सुनाएको थियो। फैसलापछि उनी फरार रहेका थिए। २०७८ माघमा भएको सवारी दुर्घटनमा उनीमाथि सवारी अंगभंग मुद्दा चलाइएको थियो।
पक्राउ परेका चन्दलाई सोमबार अदालत पेश गरेर कारागार चलान गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। यसअघि २६ दिन प्रहरी हिरासतमा रहेका चन्दले अब दुई बर्ष ११ महिना चार दिन कैद भुक्तान गर्नुपर्ने प्रहरी निरीक्षक खत्रीले बताए।