काठमाडौँ। रुकुम पूर्व केन्द्रविन्दु भएर आज (आइतबार) स-साना दुईवटा भूकम्प गएका छन् ।आज दिउँसो २ बजेर ५९ मिनेट जाँदा रुकुम पूर्वको टाका केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड र ४ बजेर ४७ मिनेट जाँदा हुकम केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यसअघि गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि सो क्षेत्रको आसपास सयौंको संख्यामा स-साना भूकम्पहरु गइरहेका छन् । जाजरकोटमा भूकम्प गएपछिको विशेष गरेर जाजरकोटसहित रुकुम पश्चिममा धेरै जनधनको क्षति भएको छ ।


