धनगढी। सुदूरपश्चिम सरकारले गैह्र–सरकारी संस्थाहरूसङ्ग समन्वय गरेर काम गर्नुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् गैह्र–सरकारी संस्था समन्वय विभाग संयोजक डा.रणबहादुर रावलले बताएका छन्।
लोकतान्त्रिक गैह्र–सरकारी संस्था महासंघ कैलालीले धनगढीमा आयोजना गरेको नेपाली काँग्रेस गैह्र–सरकारी संस्था समन्वय विभाग केन्द्रीय समितिको परिचयात्मक कार्यक्रममा उनले सो कुरा बताएका हुन्। सरकारले भन्दा पनि एन्जिओरआइएन्जिओहरुको देशमा हालीमुहाली गरिरहेका बताए।
काँग्रेस निकटका एन्जिओहरुलाई कसरी बलियो बनाउने र चुनौतीहरू समाधान गरेर कसरी अगाडि बढ्न सकिन्छ त्यसतर्फ पनि आफू लागि पर्ने उनको भनाई छ। एन्जिओहरुलाई पार्टी लगायत सरकारले पनि गम्भिरताका साथ हेरेको र जनताले पनि एन्जिओहरुलाई विश्वास गर्ने गरेको उनको भनाइ छ।‘गाउँ, घरमा सरकारी कर्मचारी गयो भने जनताले सरकारले गरेका कामहरू लुकाउने गर्छन्। तर एन्जियोका कर्मचारीहरू जाँदा खुलेर भन्छन्।
त्यसैले सरकारले एन्जिओसँग समन्वय गर्न सक्यो भने धेरै फाइदा हुन्छ,’ उनले भने । लोकतन्त्र आएपछि जनताले आफ्नो हक अधिकार सुनिश्चितता गर्न खोजेको उनले बताए। लोकतन्त्रमा कम विश्वास गर्दा बाहिरबाट आउने फन्टहरू पनि एन्जिओ रआइएन्जिओको हातमा जाने गरेको उनको भनाइ छ।बजेटको १० प्रतिशत भन्दा बढी बजेट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा एन्जिओरआइएन्जिओमा आउने गरेको उनले बताए। एन्जिओआइएन्जिओका समस्याहरूलाई समाधान गर्नतर्फ आफू कटिबद्ध भएर लाग्ने उनले बताएका छन्।