बैतडी। बैतडीको डिलाशैनी गाउँपालिकास्थीत एक घरमा आगलागी भएको छ।
बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ बाइमका जनकराज जोशीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ। सानो बच्चाले सलाई समातेर खेलीरहेको र सलाईको काँटी कोरेर खाटमुनि फालेपछि आगलागी भएको बताईएको छ।
आगलागीबाट जोशीको कोठमा रहेको फ्रिज, दुई खाट,कपडा लगायतका सामग्री जलेको र करिब ५० हजार बराबरको क्षती भएको प्रहरीले बताएको छ। आगलागी हुनेबित्तिकै थाहा पाएका कारण थप क्षति हुन नपाएको जोशीले बताए। स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।


