कञ्चनपुर। कञ्चनपुरमा बुधबार एक गोठमा आगलागी भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थीत टोटि का ६९ वर्षीय रमेश कामीको भान्सा घरसँगै जोडिएको गोठमा आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो आगलागी हुँदा भान्सा घर तथा गोठ र सोही ठाउँका ५० वर्षीय तिर्थ कामीको गोठसँगै राखिएको ३ बिगाह जमिनको पराल जलेर नष्ट भएको हो। आगलागीबाट दुवै जनाको गरी करिब ३ लाख रूपैयाँ बरारबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।