धनगढी। जाजरकोटका भूकम्प पीडितलाई दोस्रो चरणको राहत सामाग्री प्रदान गरिएको छ। हेमिस्फेयर फाउन्डेसन सिंगापुर, हेल्पिङ लाइफ, बोधचित्त फाउन्डेसन नेपाल ट्र्याक अन्तर्राष्ट्रिय युवा समाजको सहयोगमा सोमबार राहत सामाग्री प्रदान गरिएको हो।
जाजरकोटमा राहत राहत वितरणमा समाजसेवी डाक्टर पिया रत्न महर्जन, नेपाल परिवार दल सुदूरपश्चिम संयोजक खडक नागरी, कञ्चनपुर जिल्ला अध्यक्ष प्रेम परियार, पुर्नवास नगरपालिका वडा न ८ का वडा सदस्य दिपेश मल्ल, पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरु, भेरी नगरपालिका वडा न. १ वडाका अध्यक्ष मीन बहादुर राना, बिपत व्यवस्थापनका संयोजक मधुकर नेपाली,कार्यपालिका सदस्य लालबहादुर रानाको रोहवरमा राहत वितरण गरिएको हो।उनीहरूले १०० बोरा २५ केजी चामल, १०० बक्स वाइ वाइ चाउ चाउ, १०० बक्स बिस्कुट, ५० पिस त्रिपाल, ५० केजी मसुर दाल, १०० केजी चिनी, १०० केजी नुन वितरण गरिएको हो। उक्त राहत १० लाख बराबरको रहेको पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरुले बताए। उनले यो सहयोगले थोरै भएपनि सहयोग पुग्ने अपेक्षा गरेका छन्।
नेपाल परिवार दल सुदूरपश्चिम संयोजक नागरीले दोस्रो चरणको राहत वितरण भैरहेको बताए। दुखद समयमा आफुहरुले भूकम्प प्रभावितहरूलाई दिने सानो राहतले पीडितलाई केही हदसम्म राहात मिल्ने उनको भनाई छ। गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा १५३ जनाको मृत्यु भएको थियो भने ३ सय ६४ जना घाइते भएका छन्। भूकम्पबाट हजारौँ घर तथा संरचनाहरुमा क्षति पुग्दा धेरै नागरिक घरबारविहिन भएका छन्।