धनगढी। धनगढीका पेट्रोल पम्पमा पेट्रोल नपाईदा उपभोक्ता मारमा परेका छन्। धनगढीका पेट्रोल पम्प ५ दिन देखी बन्द हुँदा उपभोक्ताले पेट्रोलियम पदार्थ खरिद गर्न सकेका छैनन्।
तिहारका लागि सरकारले आइतबारबाट सार्वजनिक विदा दिएको भएपनि पेट्रोल पम्प (आज बिहीबार) ५ दिनसम्म नखुल्दा हैरानी बेहोर्नु परेको उपभोक्ताले बताएका छन्। कैलालीको धनगढी र अत्तरीयाका सबै पेट्रोल पम्प बन्द गरिएकाले उपभोक्ताले पेट्रोल खरिद गर्न नसकेको उपभोक्ताहरुले बताएका छन्। हरेक पेट्रोल पम्प ब्यवसायीहरूले ’यहाँ पेट्रोल छैन’ भनेर बोर्ड नै टाँसेका छन्।
शुक्रबारदेखि मोटरसाइकल र पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारी साधनहरुले पेट्रोलियम पदार्थ भर्न पाएका छैनन्। धनगढीका पेट्रोल पम्प लामो समयसम्म बन्द हुँदा सर्वसाधारण मानिसहरूले आवतजावतमा समस्या भोग्नु परेको धनगढी उपमहानगरपालीका २ का कमल जोशीले बताए। जोशीले धनगढीका सबै पेट्रोल पम्पहरुमा पुगेपनी पेट्रोल नपाएको गुनासो गरे। एउटा बाईकमा पेट्रोल हाल्नका लागी धनगढीका सबै पेट्रोल पम्पहरुमा पुगे पाइएन,अब यता पाइदैन भन्ने लागेर अत्तरिया लागे उनले भने, त्यहाँ पनी पाइएन खै के हो के हो, रित्तै घर फर्किए।
तिहारको बिदामा ५ दिन बन्द किन भन्दै उनले प्रश्न गरे, एक दुईटा पेट्रोल पम्प अत्यावश्यक सेवा तथा वस्तु खुला हुनुपर्ने हो, सहज रुपमा पाउनुपर्ने हो। यस्मा स्वंयम नेपाल आयल निगम प्रदेश कार्यालय धनगढी र सरकारको गैर जिम्मेवारी भएको उनले भने। उनले भने,चाडवाडको बेला पेट्रोल पम्प बन्द गर्नु र पेट्रोल छैन भन्नु सर्वसाधारणलाई दुख दिने बाहना भएको बताए। सरकारले कस्मेकम पालो लगाएर पनि बजारका एक÷दुई पेट्रोल पम्प खुला राखेर पेट्रोल÷डिजेल सहजै पाउने वातावरण बनाएको भए सहज हुने उनको भनाई छ।
यस्तै धनगढी उपमहानगरपालीका ४ का पुस्कर खत्रीको गुनासो उस्तै छ। हरेक पेट्रोल पम्पमा गएपनी पेट्रोल नपाएको गुनासो उनले गरे । पेट्रोल पम्प पाँच दिन बन्द हुँदा किराना तथा केही पसल ब्यवसायीले मौकाको फाइदा उठाएको बताए। उनले भने,आफुले पेट्रोल नपाउँदा दुख त छैदैछ त्यस्मा केही ब्यवसायीले महंगो मुल्यमा बिक्री गरिरहेका छन्। पेट्रोलको मुल्य १ सय ७१ भएपनी किराना तथा केही पसल ब्यवसायीले मौका छोप्दै एक लिटर पेट्रोलको दुई सय रुपैयाँमा बिक्री गरिरहेको बताए। धनगढीका पेट्रोल पम्प ५ दिन देखी बन्द हुँदा र पेट्रोल नपाइने समस्याका बारेमा नेपाल आयल निगम धनगढी प्रमुखको फोन नम्बर ०९१-५२१२०४ मा लागेन। यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग कुराकानी गर्न खोज्दा फोन उठेन। पेट्रोल नपाएर सर्वसाधारणले समस्या पाएको तर्फ धनगढी उपमहानगरपालिकाको समेत ध्यानाकर्षण नभएको सर्वसाधारणले गुनासो गरेका छन्।


