धनगढी। धनगढीका एक जना वडा सदस्यले मदिरा सेवन गरी स्थानीय युवालाई कुटपिट गरेका छन्। बुधबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर-११ का वडा सदस्य तुलसीराम रानाले स्थानिय ज्ञानु चौधरीलाई मदिरा सेवन गरी कुटपिट गरेका हुन् ।
वडा सदस्य रानाले मदिरा सेवन गरी धनगढी उपमहानगरपालिका वडा नम्बर-११ वडास्थीत घोडसुवामा कुटपिट गरेको बताईएको छ। वडा सदस्य रानाले कुटपिट गरी चौधरीको कपडा समेत च्यातेका छन्। वडा सदस्य रानाले तिहारको समयमा रमाईलो गर्ने बेला सामान्य बिवाद भएको बताए।
उनले भने, नातामा काका-भतिजा पर्छौँ, सामान्य बिवाद भएको हो,बिवाद भएपछि आज बिहान हामी दुबैले एक अर्कासँग क्षमा मागेर बिवाद टुङ्गीएको छ। यता साथीभाईहरु गाँउकै होटलमा तिहार मनाईरहेका बेला वडा सदस्य रानाले गालीगलौच गर्दै कुटपिट गरेको पिडित ज्ञानु चौधरीले जानकारी दिए।