धनगढी। कैलालीको धनगढीमा एक जना मृत अवस्थामा फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थीत भाटभटेनी पछाडि आफ्नै घरमा २० वर्षीय नरेन्द्र बिष्ट मृत परेको कैलाली प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिष्ट आफ्नै घर कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत मंगलबार बिहान भेटिएको बताए। उनको मृत्युको कारण नखुलेको प्रहरीले जनाएको छ। मृतक बिष्टको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।