धनगढी। पशु कल्याण धनगढी समितीले सडकमा छोडिएका गाईहरुको पुजा गरेका छन्। गाई पुजाको अवसरमा आज समितीले धनगढी चौराहा देखि गेटा सम्म सडकमा छाडा छोडिएका २०० गाईहरुको पुजा गर्दै माला लगाएका हुन्।
पशु कल्याण धनगढी समितीका अध्यक्ष चेतराज यस्पाल अवस्थीले गाईपुजाको अवसरमा २०० गाईहरुलाई टिका र माला लगाई फलफूल र आहारा खुवाइएको जानकारी दिए। यस्तै धनगढी उपमहानगरपालीका ३ चटकपुरस्थीत गौसालाका गाईहरुलाई पनी टिका माला लगाएर फलफूल गुड बरान खुवाइएको उनले बताएका छन्।
बिभिन्न शुभ चिन्तक तथा सहयोगीबाट फलफूल र आहाराको सहयोग भएको भन्दै पशु कल्याण धनगढी समिती अध्यक्ष अवस्थीले धन्यवाद ब्यक्त गरे। साथै गाईहरुलाई टिकामाला लगाई फलफूल र आहारा खुवाउने कार्यमा उपस्तिथि भएर सहयोग गरेकोमा पशु कल्याण धनगढी समितीले धन्यवाद दिएको छ।