धनगढी। नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीले भूकम्प प्रभावितलाई राहात बितरण गरेका छन्। परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजक नागरीको नेतृत्वमा गएको राहात बितरण टोलीले आईतबार र सोमबार राहात बितरण गरेको हो।
कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा भूकम्पका कारण जनधनको क्षति भोगेकाहरुका लागि पार्टीको तर्फबाट कार्तिक २४ गते दश लाख रुपैयाँ बराबरको राहत सामाग्री लिएर जाजरकोट तर्फ लागेका थिए।
राहात वितरणमा परिवार दल सुदूरपश्चिम प्रदेश संयोजक नागरीसहित नेपाल परिवार दलका केन्द्रीय सदस्य डाक्टर पिया रत्न महर्जन, कंचनपुर जिल्ला अध्यक्ष प्रेम परियार, पुर्नबास नगरपालिका वडा न ८ का वडा सदस्य दिपेश मल्ल, पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरु, भेरी नगरपालिका वडा न १ वडाका अध्यक्ष मीन बहादुर राना, विपत ब्यवस्थापनका संयोजक मधुकर नेपाली, कार्यपालिका सदस्य लालबहादुर राना लगायतको उपस्थीतीमा राहत वितरण गरिएको हो।
जाजरकोटमा १०० बोरा २५ केजि चामल,१०० बक्स वाइ वाइ चाउ चाउ,१०० बक्स बिस्कुट,५० पिस त्रिपाल,५० केजि मसुर दाल,१०० केजी चिनी,१०० केजी नुन वितरण गरिएको छ। पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरुले भूकम्प प्रभावितलाई १० लाख बराबरको राहत बिरतण गरिएको बताए। नेता नागरीले यस दुखद समयमा आफुहरुले भूकम्प प्रभावितहरूलाई दिने सानो राहतले पीडितलाई केही हदसम्म राहात मिल्ने बताए ।