कञ्चनपुर। कञ्चनपुरको लालझाडीमा एउटै पासोमा श्रीमान् श्रीमती नै झुन्डिएको अबस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–१ बिनबारीका २६ वर्षीय श्याम कुमार राना र उनकी श्रीमती २५ वर्षीया पत्नी पुष्पा राना आफ्नै घरको कोठाको धुरीमा कपडाको एकै पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार, राना दम्पतिले आत्महत्या गर्नुको कारण खुलेको छैन। श्रीमान् श्रीमतीबीच घरायसी झगडा हुने गरेको प्रहरीले जनाएको छ।‘शनिबार रातिको घटना रहेछ, आज बिहान घटनाको बारेमा हामीलाई जानकारी आएको हो,’ उनले भने, ‘अहिले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।’
राना दम्पतिले आत्महत्या गर्नुको कारण खुलेको छैन। श्रीमान् श्रीमतीबीच घरायसी झगडा हुने गरेको प्रहरीले जनाएको छ। राना दम्पतिका तीन वर्षीय एक छोरा छन्। छोरा भने सकुशल छन् । राना दम्पति कैलालीको धनगढीमा ज्याला मजदुरी गर्दै गर्थे। प्रहरीले शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगेको छ।