धनगढी। सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद शर्मा दुवाडीको सरुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा कार्यरत सचिव दुवाडीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौँ सरुवा भएको हो ।
उनको शुक्रवार बिदाइ गरिएको छ। बिदाइ कार्यक्रममा बोल्दै सचिव दुवाडीले आफू जहाँ भए पनि सुदूरपश्चिमका लागी तन मन देखी काम गर्ने बताएका छन्। “यति धेरै सम्भावना बोकेको प्रदेशमा हामीले किन प्रभावकारी रूपमा काम गर्न सकेनौ होला भन्ने विषय चाहिँ आज पनि अनुत्तरित प्रश्न लिएरै म फर्कँदै छु, माननीय मन्त्री ज्युहरू, मेरा साथीहरू यहाँ हुनुहुन्छ उनले भने, यसको जवाफ चाहिँ खोज्नै पर्नेछ। प्रमुख सचिव दवाडीले लगानी सम्मेलनका लागी आफुले गर्नुपर्ने सहयोग गर्न तयार हुने बताएका छन् ।