कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित वाणीमा मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
धनगढीदेखि महेन्द्रनगर जाने क्रममा बैतडीको पुर्चौडी नगरपालिका-७ का २५ वर्षीय करन साउदले चलाएको बा २ ब ८९५० नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको प्रहरीले जनाएको हो ।
मोटरसाइकल चालक साउदको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। पछाडी सवार २८ वर्षीय प्रकाश जोशी सामान्य घाइते भएका छन्। उनीहरु दुबैको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


