कैलाली। कैलालीको मोहनापुल अत्तरिया छ लेन सडकखण्डमा सवारी चालकले लेन अनुशासन पालना गर्न अटेरी गरिरहेको पाइएको छ।
कैलालीको धनगढी उपमहानगरपालीका र गोदावरी नगरपालीका अन्तरगत पर्ने छ लेन सडक खण्ड भएर आवात जावत गर्ने अधिकाँस सवारीधनी तथा चालकले लेन अनुशासन पालना नगरी सवारी चलाउने गरेको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दिपक मल्लले सवारी चालक तथा धनीलाई सडकमा लेन अनुशासन पालना गर्न अनुरोध गरेका छन् । प्रहरी निरीक्षक मल्लले ट्राफिक प्रहरीद्धारा सवारी चालक तथा सवारी धनीलाई पटक पटक सम्झाई बुझाई सहित बिभिन्न किसीमका सचेतनामुलक कार्यक्रम गर्दा समेत अटेरी गरेको पाइएको बताए ।
लेन अनुशासन पालना गराउँन जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिहीबार यातायात प्रालि धनगढी र सेती महाकाली ट्रक व्यवसायी संघ, पेट्रोलियम संघ, विद्युतिय रिक्सा प्रालि धनगढीलाई आवश्यक कार्यान्वयन गर्न फोटो र पत्र पठाउँदै ध्यानाकर्षण गराएको छ। ठुलो गाडीले धेरै ठाउँ ओगट्दा सानो गाडीले बाटो नपाउने र दाहिनेपट्टीको सडक खाली राख्नुपर्ने हुन्छ,उनले भने आपतकालीन सवारी जस्तै एम्बुलेन्स,सुरक्षाकर्मीको गाडी,दमकल जस्ता सवारीसाधनलाई आवतजावत गर्न गाह्रो हुने गरेको छ।
यस्तै यहाँबाट लामो दुरी तथा काठमाण्डौँसम्म जाने गाडी,साना सवारी साधन, अटो तथा मोटरसाइकलले पनी आ-आफ्नो लेन अनुशासन पालना गरेर आवत जावत गर्न भनेका छन्। यस्तै कतिपय सवारीले उल्टोबाटो प्रयोग गर्ने गरेको भन्दै यसो नगर्न उनको सुझाब छ। प्रहरी निरीक्षक मल्लले हस्ताक्षरित पत्रमा मोहना अत्तरिया छ लेन सडक खण्डमा चालकले उक्त लेन अनुशासनको पालना नगरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ बमोजिम कारवाही हुनेपनि बताएका छन्।



