धनगढी। कैलालीको धनगढीमा चौपायासँग मोटरसाइकल ठोक्किदा दुर्घटना भएको छ। बुधबार राति कैलालीको धनगढी उपमहानगरपालिका–१३ विमानस्थल गेट नजिक चौपायासँग सुपप्र ०१००९प२५४० नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकल ठक्कर दिँदा चौपायाको मृत्यु भएको छ। यस्तै सो दुर्घटनामा परेर मोटरसाइकल चालक घाइते भएका छन् । धनगढी उपमहानगरपालिका –७ बस्ने ३० वर्षीय रामचरण चौधरी घाइते भएकोमा उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको छ। उनको उपचार भइरहेको बताइएको छ।


