धनगढी। कैलालीको धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन् । धनगढीमा यही मंसिर २२ गतेदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री ‘प्रचण्ड’ ले गर्ने भएका हुन्।
मंगलबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेरै महोत्सवको उद्घाटनका लागि निम्तो दिएको छ । प्रधानमन्त्री दाहालले पनि उद्योग वाणिज्य सङ्घ कैलालीको निम्तोलाई स्वीकार गरेको अध्यक्ष कुँवरले बताए। निमन्त्रणा कार्यक्रममा संघका उपाध्यक्ष मनोज अग्रवाल लगायत प्रतिनिधिको सहभागिता रहेको थियो । सुदूरपश्चिम महोत्सवको १७ औँ संस्करण यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीको पशुपति टोलमा आयोजना हुँदैछ ।