धनगढी। धनगढीमा बरामद गरिएका ‘सेक्स टोय’ र जेल अबैध नभएको खुलेको छ। कैलालीको धनगढी उपमहानगरपालिका-१० स्थिति बनकट्टी घाटमा बरामद गरिएका ‘सेक्स टोय’ र जेल अबैध नभएको धनगढी १ शिवनगरका पंकज चन्दले बताए।
उनका अनुसार बैधानिक रुपमा आयात गरिएपनी कैलाली प्रहरीले सोमबार बरामद गरेका सेक्स टोय र जेल अबैध बताएको हो। बैधानिक रुपमा राज्यलाई कर तिरेर भारतबाट नभई काठमाण्डौँबाट सेक्स टोय ल्याएको र प्रहरीले भारतबाट अबैध रुपमा आयात गरेको भन्दै जबरजस्ती बरामद गरेको उनको भनाई छ।बनकट्टी घाटबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दुई लाख ४२ हजार मूल्य बराबरका ४८ पिस सेक्स टोय र २८ पिस जेल बरामद गरेको थियो ।
तर चन्दले बैधानिक रुपमा आयात गरेको प्रमाण समेत प्रहरीलाई पेस गर्दा पनि जबरजस्ती सामान भन्सार कार्यालय पठाएको उनले बताए। सेक्स टोय बरामद गरिएको प्रहरीले बताए पनि १४ हजारभन्दा बढीको सामान नभएको उनले बताए। ‘मैले काठमाण्डौँबाट एक सय ३६ सेक्स टोय बैधानिक रुपमा आयात गरेको थिए, त्यसमध्ये अरु विक्री भएर बाँकी रहेका ४८ थान अबैध भन्दै प्रहरीले नियन्त्रणमा लियो।’ उनले भारतबाट नभई काठमाण्डौँबाट ल्याएको सबै प्रमाण देखाउँदा आफु अनावश्यक समस्या परेको बताएका छन्।