कैलाली। कैलालीका एक जना हरिद्वारबाट आउँदै गर्दा लुटिएका छन्। कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत भारतको कारगिलमा मजदुरी गरेर घर फर्किरहेका बेला बाटोमै लुटिएका हुन्।
उनले ६ महिना मजदुरी गरेर ल्याएको १ लाख २८ हजार ८ सय र एक थान मोबाइल लुटिएको बताए। कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर लुटेको उनले बताए ।
हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनलाई एक नेपालीले नै उद्वार गरेर बनबासासम्म पुगाएका थिए। मंगलबार बिहान गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेका उनलाई बाटो खर्च दिएर घर पठाइएको छ।