धनगढी। कैलालीको धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट ६०० मिलिग्राम लागूऔषधसहित धनगढी–३ का १८ वर्षीय किशोरसहित दुई जनालाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी दुबैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।उनीहरमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।