दार्चुला। दार्चुलामा भिरबाट लडेर एक जना वृद्धाको मृत्यु भएको छ। दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ बन्डोलीस्थीत नौलाबाटा भिरबाट लडेर ८० वर्षीय कृष्मा विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ८० वर्षीय विष्ट नौलाबाटा भिरबाट २ सय मिटर तल खसेकी थिइन्। सोमवार घरबाट हराएकी विष्टको खोजीका लागि अस्थायी प्रहरी बित्थडा भरडकोट पोस्टबाट प्रहरी टोली गएको थियो। प्रहरीले आज मङ्गलवार बिहान उनको शव फेला पारेको हो। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।