धनगढी। नेकपा एमाले कैलालीले जाजरकोट भूकम्प पीडितलाई एक लाख बढि सहयोग गर्ने भएको छ।
पार्टीले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो तर भूकम्पका कारण स्थगित गर्दै पीडितलाई सहयोग गर्ने भएको हो।
एमालेका कार्यबाहक जिल्ला अध्यक्ष दुर्गाप्रसाद जोशीले सोमबार एक विज्ञप्ति जारी गरेर पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको जानकारी दिए। उनले पार्टी कमिटीले १ लाख ११ हजार १११ रुपैयाँ भूकम्प पीडितका लागि सहयोग गर्नेसमेत विज्ञप्तिमा उल्लेख गरेका छन्।