कैलाली। कैलालीमा लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन्। कैलालीको बर्दगोरिया गाउँपालिकाको बौनियाबाट उनीहरू पक्राउ परेका इलाका प्रहरी कार्यालय, सुखडले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पनेमा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का २० वर्षीय उमेश सुनार र वडा नम्बर २ का २२ वर्षीय वीरेन्द्र सिंह रहेका छन्।उनीहरूको साथबाट सोमवार २ सय मिलिग्राम लागुऔषध ९ब्राउनसुगर० समेत प्रहरीले बरामद गरेको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।