धनगढी : कैलालीको गेटा स्थित लक्ष्मी कत्था फ्याक्ट्रीमा काम गर्ने शिलसिलामा घाइते भई उपचारको क्रममा मृत्यु भएका शुन्दर चौधरीको परिवारलाई क्षतीपुर्ती दिने सहमती भएको छ । गत १५ गते कामको शिलसिलामा घाइते भएका चौधरीको उपचारका क्रममा भारतमा कार्तिक १९ गते मृत्यु भएको थियो । चोधरीको परिवारलाई क्षतीपुर्ती स्वरुप ११ लाख रुपयाँ दिइने सहमती भएको छ । जिफन्ट सुदूरपश्चिम प्रदेशको पहलमा चौधरी परिवारलाई क्षतीपुर्ती दिने सहमती भएको हो ।
उधोगका सञ्चालक कैलास जैन र जिफन्ट सुदूरपश्चिम अध्यक्ष जित बहादुर मल्ल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्द सहितको छलफलपछि चौधरी परिवारलाई ११ लाख रुपयाँ क्षतीपुर्ती दिने र उनकी श्रीमती र छोरालाई रोजगारी दिने सहमती भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले बताए ।


