कैलाली। कैलालीको लम्कीमा एक युवकमाथि हतियार प्रहार भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा राष्ट्रिय युवा संघ नेपाल, लम्कीचुहाका अध्यक्षसमेत रहेका नहकुल बममाथि हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुई समूहका युवाहरु बिच लम्की क्षेत्रमा झगडा हुदै आएको छ। शनिवार राति पनि युवाहरूको समूहका बिच झडप हुँदा बम घाइते भएका हुन्। उनको हातमा १४ वटा टाका लगाइएको छ। बमले उमेश शाहीसहित १५ जनाविरुद्ध जाहेरी दिएका छन्।आक्रमणकारीलाई प्रहरीले खोजिरहेको जनाएको छ।