अछाम। अछाममा भालुले आक्रामण गर्दा एक बालिका घाइते भएकी छिन्। अछामको ढकारी गाउँपालिका वडा नम्बर ३ अनारीगाउँ स्थित जंगलमा घाँस काट्दै गरेकी १५ वर्षीया दिलाकुमारी बुढालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।
आइतवार जंगली भालुले बुढालाई आक्रमण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते बालिकाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले बताएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।