कञ्चनपुर। कञ्चनपुरमा झिँगा धपाउन बालेको आगो सल्केर आगलागी भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर-२ बंकमा झिँगा धपाउन बालेको आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार कृष्णपुर वडा नम्बर २ बंकका धन बहादुर चन्दको दुई तले कच्ची भान्छा घरसँगै जोडिएको भैँसी बाँध्ने गोठमा झिँगा धपाउन भनि बालेको आगो सल्केर आगलागी भएको हो। आईतबार आगलागी हुँदा गोठमा रहेको पराल, भुसा, काठपात लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
मानविय तथा चौपाया क्षेती नभएको र अन्दाजी दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीको सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।


