धनगढी। धनगढीमा रोकि राखिएको जीपमा एक्कासी आगलागी भएको छ। शनिवार राती धनगढी उपमहानगरपालिका-४ बसपार्क नजिक ओम शान्ति टोलमा रोकि राखिएको जिपमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिपमा आगलागी भएपछि दमकलले आगो निभाइएको हो। आगलागी के कारणले भएको भन्ने नखुलेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।