धनगढी। स्वदेशमै रोजगारीको वातावरण नहुँदा देश भन्दा बिदेश जानेको संख्या अहिले निकै बढेको बताउँछन् धनगढी वडा नम्बर ७ का बल बहादुर खत्री । उनी देशको अवस्था र बेराजगारीकै कारण आफुले बिदेश जाने मनसाय बनाएको बताउँछन्।
धनगढी-५ हसनपुरस्थीत समर्पण पुस्तक पसलमा इडिभी फाराम भर्न पुगेका उनले आफुसहित श्रिमती छोरा र छोरीका लागी इडिभी भरीरहेको बताए। स्वदेशमा बेराजगारी, देशको आर्थिकमन्दी, राजनितीक अवस्थाका कारण काम गर्ने वातावरण नै छैन् उनले भने, अनी देशमा लगानी गर्ने वातावरण रहेपनी दक्ष दनशक्ति बिदेश पलायन भइरहेको छ। अहिले इडिभी भर्ने युवाहरुको संख्या बढेको छ, किनकी यहाँ काम पाइदैन उनले भने काम पाएपनी मेहनत अनुसारको तलब छैन भने अनुसारको सेवा सुबिधा छैन्।
अहिले मानिसलाई ऐस आराम र सुविधा बढी, मनग्य आम्दानी चाहिन्छ उनले भने, त्यसैकारण आफुसहित परिवारले इडिभी भरेर अमेरीका जाने योजना बनाएको हुँ, उनी भन्छन् । यस्तै धनगढी १६ का गिरीराज भट्ट पेशाले एक बिद्यालयका फाउण्डर प्रिन्सीपल हुन्। सन् २०२५ का लागी अमेरीका जाने भन्दै परिवारका सदस्यसहित इडिभी फाराम भर्दै गरेका उनी पनी बेराजगारी र देशको अवस्था देख्दा खिन्न देखीन्छन्। देशमा बस्ने रहर हुँदाहुँदै पनी देशको परिस्थीती, नियम कानुन तथा आर्थिक मन्दी लगायत स्वदेशमै भबिश्य नदेख्दा परिवार सहित डिभि भरीरहेको उनी बताउँछन्।
देशको राजनितीक अवस्था देख्दा युवाहरु, बिभिन्न ब्यवसायी देखी बिद्यार्थी पनी आजित छन्, उनले भने, यो अवस्थामा जतिसक्दो छिटो बिदेश गए केही मनमा शान्ती हुने भएकाले ईडिभी फाराम भरीरहेको छु। बिदेश जाने मनसाय बनाएका धनगढी वडा नम्बर ७ का बल बहादुर र धनगढी १६ का गिरीराज एम प्रतिनिधी पात्र मात्रै हुन्। उनीहरु जस्ता युवाहरु देखी तन्नेरी उमेर समुहका धेरै ब्यक्तीहरु ईडिभी र अन्य भिसा मार्फत बिदेशिन जाने योजना बनाइरहेका छन् ।
स्वदेशमा रोजगार नहुँदा बेरोजगार भइ बस्नु, राजनितीक अस्थीरता,आर्थिक स्थीती सुधार नहुनुले बिदेश पलायन हुनुपर्ने अवस्था आएको इडिभी भर्नेहरु बताएका छन्। हो ईडिभी भरेर अमेरीका जाने भन्दै अहिले धनगढीका बिभिन्न पुस्तक पसल,मोवाईल ग्यालरी तथा बिभिन्न ब्यवसायीक पसलहरुमा इडिभी भर्नेको भिड बढेको देखीन्छ। इडिभी फाराम भर्न पसल ब्यवसायीहरुले आ आफ्नो पसल अगाडी ठुला ठुला अक्षरले इडिभी फाराम यहाँ भरिन्छ, इडिभी भर्ने म्याद सकिदैछ, छिटो भर्नुस्, इडिभी भरे परिन्छ, नभरे पर्दैन भन्ने जस्ता बिज्ञापन प्रचार गराइरहेका छन्।
त्यसले झन् इडिभी भर्नेको आकर्षण र भिड बढेको हो।अमेरीका जाने भन्दै अहिले बालक युवा, युवती हुँदै परिवारीक सदस्य देखी सरकारी कर्मचारी समेतले इडिभी भरीरहेको पसल ब्यवसायीले बताएका छन्। धनगढी ५ हसनपुरस्थीत समर्पण पुस्तक पसलका सञ्चालक डिल्लीराज ओझा समर्पणले यस बर्षको इडिभी भर्ने म्याद सकिन ३ दिन मात्रै रहँदा इडिभी भर्नेको संख्या दैनिक बढ्न थालेको बताए।सन् २०२५ का लागी असोज १८ गते देखी खुलेको अनलाइन मार्फत भरिने इडिभी फर्म भर्ने आवेदन कार्तिक २१ गते सकिदैछ।
समर्पण पुस्तक पसलका सञ्चालक ओझाका अनुसार ठुलो पद तथा पेसा ब्यवसायमा आवद्ध ब्यक्तीहरुले इडिभी फर्म भरिरहेको बताउँछन् । सरकारी कर्मचारी,डक्टर बैङ्कीङ क्षेत्रका ब्यक्ती तथा राष्ट्रसेवक कर्मचारीहरु समेत इडिभी भरीरहेकाले देश प्रतिको बितृष्णा उनीहरुबाट प्रष्ट बुझीने उनको भनाई छ ।पसल सञ्चालक ओझाले बिगत ४ बर्ष देखी निरन्तर इडिभी फाराम भर्दै आएको बताउँदै अघिल्लो पटक ७ जनाको इडिभी परेको जानकारी दिए । उनले ग्राहकको थप बिश्वास बढेका कारण यस बर्ष पनी दैनिक सयौँ संख्यामा इडिभी भर्नेको चाप बढेको र फाराम भर्न भ्यान नभ्याई भैरहेको बताए ।
उनले भने, हामी ब्यवसायी मात्रै हौ उनले भने, ब्यवसायीबाट एक दुई रुपैयाँ कमाउला यो ब्यग्दै कुरा हो तर बिदेश जानैपर्छ भन्ने हामीले भनेका छैनौँ, हामी त एउटा ब्यवसायी भएकाले इडिभी फाराम भरिदिएका मात्रैँ हौँ उनले भने । इडिभी फाराम भरेर अमेरीका जानेहरु प्रति उनले चिन्ता ब्यक्त गरे । उनले भने यस्तो धमाधम बिदेश पलायन हुँदा देशमा युवाजनशक्ति अभाब हुन्छ । युवाजनशक्ति बिदेश पलायन हुँदा देश बिकास कस्ले गर्ने, भोलीको नतृत्व कस्ले, राजनितीक सुधार कस्ले गर्ने भन्दै प्रश्न गरे । यस्तै ८४ को चुनावमा पनी भोट हाल्ने युवाशक्तिको अभाबले देश बिकास असम्भब जस्तै हुने उनको भनाई छ।