कैलाली। कैलालीको टीकापुरमा ७ जना जुवाडे पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिका–२ मा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
टीकापुर २ विकासपुरस्थीत बिकास बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन खत्रीलगायत ७ जनालाई शनिबार बिहान पक्राउ गरेको गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार २५ रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको बताइएको छ ।घटनाको प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।