कैलाली। मोटरसाइकलकको ठक्करबाट कैलालीमा ८४ वर्षीय वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–६ तिलखामा सु.प.प्र. ०१–०१० प ४३०० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ८४ वर्षीय मानसिंह रावतको मृत्यु भएको हो।
गएराति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रावतको स्थानीय अस्पताल लालरत्न लम्की हुँदै मेडिकल क्लेज कोहलपुरमा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।