धनगढी। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका ४ मा सु.प.प्र०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा डडेलधुरा परशुराम नगरपालिका वडा नम्बर ११ का २१ वर्षीय खडक विष्टको मृत्यु भएको प्रहरीले जनाएको हो।
पहाडदेखि तराइ आउँदै गरेका उनी शुक्रवार राति ८ः४० बजे मोटरसाइकल दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय,अत्तरिया कैलालीले जनाएको छ। दुर्घटनामा घाइते भएका बिष्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा शनिवार बिहान मृत्यु भएको हो। करिव साढे दुई बजे बिष्टको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो। दुर्घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।