दार्चुला। दार्चुलामा भिरबाट लड्दा एक महिलाको ज्यान गएको छ। दार्चुलाको नौगाड गाउँपालिका–६ थालिगडा की २५ वर्षीया हिरा धामीको घाँस काट्ने क्रममा भिरबाट लडेर मुत्यु भएको हो।
बिहीवार थालिगडाको नजिकैको रातापड भिरमा लडेकी थिइन्। उनलाई आज शुक्रबार उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।