कञ्चनपुर। कञ्चनपुरबाट ४ लाख १३ हजारको अवैध मल बरामद गरिएको छ। कञ्चनपुर प्रहरीले भन्सार छली भारतबाट ल्याइएको ४ लाख १३ हजार ८५० रुपैयाँ बराबरको मल लगायतका सामाग्री बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका- ४ बाट भन्सार छली ल्याएर लुकाई छिपाई राखिएका डिएपि मल सगै कोपिला पशु आहार,युरिया,धनियाको बिउ र सिमीको बिउ लगायत सामान बरामद गरिएको छ। बरामद गरिएका सामान शुक्रबार भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले जनाइएको छ।