धनगढी। सुदूरपश्चिम प्रदेश प्रहरीमा अनलाइन क्युआर कोड मार्फत पिडीतले गुनासो तथा उजुरी गर्न सक्ने भएका छन्। आज सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी भरत बोहोराले धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा उजुरी तथा गुनासो सुनुवाईका लागि क्युआर कोडको उद्घाटन गरेका हुन।
प्रहरीले आजैबाट लागु हुनेगरी क्युआर कोड स्कान गरी गुनासा तथा उजुरी गर्न मिल्ने ब्यबस्था मिलाएको छ। परम्परागत उजुरी पेटिकाले गुनासा ब्यबस्थापन त्यति प्रभावकारी नभएकाले प्रविधि मार्फत उजुरी तथा गुनासा सुनुवाई गर्न सुरु गरिएको डिआइजी बोहोराले बताए।
उनले भने ‘अब यो ब्यबस्थामार्फत जसले जहाँबाट पनि उजुरी तथा गुनासो गर्न सक्छ, त्यसको सम्बोधनका लागि अलग्गै युनिट बनाइएको छ तत्काल रिस्पोन्स हुन्छ।’ आजबाट प्रदेश प्रहरी कार्यलयमा क्युआर कोडको सेवा सुरु गरिएको छ भने क्रमशः जिल्ला, इलाका हुँदै तल्ला युनिट सम्म पनि यो सेवा लागु गरिने डिआईजी बोहराले बताए।