कञ्चनपुर। कञ्चनपुरमा छ लाख ७४ हजारका सामानसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ नेपाल भारतको सिमा क्षेत्रमा रहेको बयल बन्द नजिकबाट चम्पावत पोष्ट अफिस बनबास भारत घर भएका ३८ वर्षीय दिपक जोशी पक्राउ परेका हुन्।
भन्सार छली राखिएका मेड इन चाइना लेखेको १०० वटा पेटी लाईटर र ओखर ६० केजीगरि छ लाख चौहत्तर हजार बराबरको सामानसहित बिहीवार राति जोशीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले बताएको छ। उनीमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।