कञ्चनपुर। कञ्चनपुरमा सवारी ज्यान मुद्धाका एक जना फरार कसुरदार पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरबाट सवारी ज्यान मुद्दामा १३ दिन कैद भुक्तान गर्न बाकीँ भई फरार रहेका बेदकोट नगरपालीका ३ का मोहन खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानामा लुकिछिपि बसिरहेको अवस्थामा हिजो बुधबार पक्राउ गरेको जनाएको छ। पक्राउ परेका कसुरदार खड्कालाई कञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको कैद सजाय भुक्तानको लागी कारागार चलान गराएको छ।