कैलाली। कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्षले युवतीलाई अँगालो हालेर नाचेको भिडियो भाइरल भएपछि गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ। ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ भन्ने गीतमा युवतीसँग नाचेको भिडियोलाई गलत रुपमा नबुझ्न भन्दै गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ।
हिजो बुधबार निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘शंकर सामुदायिक वन उपभोक्ता समितिको मिति २०८०/०७/११ गते वार्षिक सधारणसभामा उद्घाटन सत्रमा वेलुकाको समयमा आयोजित कार्यक्रममा यस गाउँपालिका प्रमुखज्यूको नेपाली गित संगितमा नृत्य भएको छ, यस विषयलाई लिएर विभिन्न मिडिया र सामाजिक संजालमा गलत प्रचार भईरहेकोमा ध्यानाकर्षण भएको छ। यसलाई गलत रुपमा नबुझन र गलत प्रचार नगर्न अनुरोध गर्दछौ।’
केही दिनयता कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर थारुले नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडियोमा उनी हातमा रक्सीको बोतल समातेकी एक युवतीलाई ‘ग्वाम्मै’ अँगालो मारेर नाचेको देख्न सकिन्छ। उक्त भिडियो भाइरल भएपछि विभिन्न व्यक्तिले उनीमाथि प्रश्न उठेको थियो। उक्त भाइरल भिडियो तल हेर्नुहोस्