धनगढी। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर-९ मा मोटरसाइकल चोरी भएको छ। गएराति कैलारी गाउँपालिका वडा नम्बर-९ सामरचौराबाट वसन्त चौधरीको रातो कलरको अपाची मोटरसाइकल चोरी भएको उनका दाई रामसमझ चौधरीले बताए।
सुदूरपश्चिम प्रदेश ०१००९ प ९३२३ नम्बरको बाइक गोठमा राखिएको बेला चोरी भएको उनले बताए। मोटरसाइकल चोरी भएको बिषयमा इलाका प्रहरी कार्यालय हसुलियामा खोजीकार्यका लागि निबेदन दर्ता गरेको र कसैले देखेको भएमा ९८१२६४२५८८ नम्बरमा सम्पर्क गर्नसमेत उनले आग्रह गरेका छन्।


