धनगढी। कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । कैलाली टीकापुर नगरपालिका ८ खक्रौलाबाट लागुऔषध खैरो हेरोईनसहित भारतको लखिमपुर खिरी तिकुनिया ठाना ईन्द्रनगर बस्ने ३५ वर्षीय प्रेम सिं पक्राउ परेका हुन् ।
उनलाई मंगलवार दिउसो साढे तीन बजे खक्रौला नाकाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । सादा पोशाकमा खटिएको प्रहरी टोली र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट प्रहरी नायव निरीक्षक राजेन्द्र बहादुर कुमालको नेतृत्वमा खटिएको टोलीले सिंहले चलाएको UP 31 BY 2728 मोटरसाईकललाई शंका लागि चेकजाच गर्दा उनको साथ बाट ५ ग्राम ४४० मिलि ग्राम खैरो हेरोईन बरामद भएको थियो । खैरो हेरोईन सहित पक्राउ परेका सिंहलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


