कैलाली। कैलालीको सुख्खडबाट नगद रकमसहित सात जना जुवाडे पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका ३४ वर्षीय विकास पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेलसहित ७ जनालाई मङ्गलवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय, सुखडका अनुसार ५८ हजार रकमसहित ७ जुवाडेलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूलाई नगद ५८ हजार ४ सय ७० रुपैयाँ र ७ गड्डी ताससहित पक्राउ गरेको हो।


