धनगढी। धनगढीका सडकमा कुखुराको प्वाँख जथाभाबी फाल्नेलाई जरिवाना गरिने भएको छ। धनगढी उपमहानगरपालिकाले कुखुराको प्वाँखहरू जथाभाबी सडकमा फाल्नेलाई रु ५ हजार जरिवाना गर्ने भएको हो।
रातीको समयमा आफ्नो मासु पसलका कुखुराको प्वाँखहरू जथाभाबी सडकमा फाले ५ हजार जरिवाना लगाइएको छ। उपमहानगरपालिकाको सरसफाइ शाखाले सडकमा प्वाँख फाल्नेलाई सम्झाई बुझाइ समेत गरेको जनाएको छ। स्वच्छ धनगढी निर्माणकालागि सम्पूर्णले आ-आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान गरिँदिन समेत उपमहानगरपालिकाले अनुरोध गरेको छ।